News & Events
Jul 31st, 2025
कक्षा २ का विद्यार्थीहरूले पठन कार्यक्रम अन्तर्गत "आफू खुसी, अरू झन् खुसी" पुस्तक पढे। पठन संस्कृतिको विकाससँगै सेल (सामाजिक भावनात्मक सिकाइ) लाई सशक्त बनाउन विद्यार्थीहरूले खुसी बैंक को स्थापना गरे। विद्यालयका शिक्षक र अन्य सदस्यहरूबाट उनीहरूलाई खुसी कुन कुराले गराउँछ भन्ने विषयमा मत सङ्कलन गरे। आफू खुसी हुन के गर्नुपर्छ भन्ने कुरा पनि सिके।







